गजल/किस्सा
- शोभित खडका
घुम्तीहरुमा आँखा चिम्ली हिदनलाई सकिएन
पैतालाको ठेश बिर्सेपनी आखांले चाही बिर्सियेन/
तिमी मेरो आफ्नो हो भन्ने लालपुर्जा कही छैन
तरपनी तिमी मेरो होइन भन्न सकियेन/
****** ******* ******* ********
वाचाहरू बाधिन्छन रे आखां आखां लातिन्छन रे
माया लाउने साईतमा मुटु मुटु सात्तिन्छन रे /
जंघार किनार तर्न खोज्दा साघुंहरू भेटियेना
व्येस्त सड़क काटन खोज्दा रातो बत्ती देखियेना /