Monday, January 19, 2009

Friday, January 2, 2009

छोटा कबिताहरु (हाइकु)


- शोभित खडका


१
श्रृंगारका सामानहरु
चर्किएको एऐना
थाक्र्रा लगाउने बैश /

२
रित्ता पेटहरु
प्रेशर कुकरको सिट्टी
रास्ट्रीय झण्डा /

३
रिकुटे फर्किएको रात
प्रतीछ्यारत आखाहरु
हनहनि ज्वोरो /

४
छोरीलाई अंश
बाबुलाई पानी तिर्खा
छोरीलाई अमिलोको तिर्सना /


साभार : "दुबो" अंक -२ बर्ष-२०५७