Monday, December 22, 2008

गतिशील समय

जब म समयरूपी वायुपंखी घोड़ा को यात्रा सम्झंछु, तब म चकित हुन्छु र सोच्छु म पनी यात्री भएर स्मृति को पानामा केहि टिपोट राख्दै यहाँ सम्म आयेपुगेछु / म मातृभूमि नेपाललाई छोडेर अध्ययन को सिलसिलामा संसार का मानिसहरु को सपनाको देश (Dreamland) अमेरिका भनिने ठाउमा आउदाको अनुभवलाई संस्लेसन गर्दा एक छुट्टै ग्रंथि सक्रिय भएजसतै लाग्छ / सो ग्रंथिको कारणले कति पटक म हासेको छू त कति पटक रोएको पनी छू / तर त्यो भन्दा बढ़ी आफ्नो सुन्दर देश प्राकृतिक सम्पदाको ईसोरीय बरदान भयेपनी राजनितिक असछमताको श्र्राप पाएकोले म निर्णयबिहीन सोचमा टोलाएको पनी छु / आफ्नो जन्मभूमि जहा प्रकृतिले सुन्दर बन्नौदा बनौदै मानिशले कुरूप बनाउन खोज्दैछन भने म तेहा आएपुगे जहा प्रकृतिले कुरूप बनौदा पनी मानिश ले सुंदर बनाईछाडे/ लगभग ५ महिले हिउ पर्ने छेत्रमा सुबिधा सम्पन्न मानब बस्ती / उनिहरु कतिबेला सम्रिद भयेछन थाहै भयेन हामलाई/ जब हामी उठेउ तब चीचीको पनी लोभ पापाको पनी लोभ गर्दै झिनामसिनामै अल्झिएका छौ / जून हाम्रा लागी दुर्भाग्य र बिडम्बना दुबै हो /


शोभित खडका
मोरंग, नेपाल
हाल: अमेरिका

2 comments: